०६ बैशाख २०८१, बिहिबार
Tags

बिराटनगर-१२ बाट प्रतिबन्धित औषधी सहित १ जना पक्राउ

रणभूमी बुधबार, भाद्र ०९, २०७८

बिराटनगर / भदौ ९, भारतको जोगवनीबाट प्रतिबन्धित औषधीहरू विराटनगरतर्फ ल्याई रहेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

विराटनगर महानगरपालिका वडा नं.-१७ वस्ने बर्ष ३० को मोहमद अम्जाद अलीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर -१२ बखरी बाट हिजो ठुलो परिमणमा प्रतिबंधित औषधी सहित नियन्त्रणमा लिएको हो । उक्त औषधीहरुमा अन्दाजी मुल्य रू ८३ हजार ५ सय २० रुपैयाँ बराबरको EFFIKEX नाम गरेको औषधी ३६० थान, अन्दाजी मुल्य रु ५६ हजार ६ सय ७८ रुपैयाँ बराबरको MICROSHOT नाम गरेको औषधी १८ थान र १ लाख २९ हजार २४ रुपैयाँ बराबरको N-BIMELOX नाम गरेको औषधी ५०४ थान बरामद गरी आवश्यक कारवाहीको लागि औषधी ब्यवस्था विभाग विराटनगरमा बुझाईएको । उक्त औषधी हरुको जम्मा मूल्य २ लाख ६९ हजार २२२ रुपैयाँ भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्