१५ चैत्र २०८०, बिहिबार
Tags

वैदेशिक रोजगारीमा काम लगाइदिने भन्दै रकम ठगी गर्ने ईन्जिनियर यादवको घर घेराउ

रणभूमी शनिबार, भाद्र १२, २०७८

बिराटनगर / भदाै १२, वैदेशिक रोजगारीमा कुवेत पठाईदिन्छु भन्दै सर्वसाधारणसँग रकम असुलेर सम्पर्क विहिन रहेका विराटनगर–१२ का विजय यादवको घर सिराहा बाट आएका पिडित युवाहरुले घेरेका छन् ।

शर्त अनुसार वैदेशिक रोजगारमा नपठाएको भन्दै सम्पर्क विहिन बनेका यादवलाई खोज्दै विराटनगर आएका युवाहरुले यादवको घर घेरेर रकम फिर्ता मागेका हुन् । गाडी रिजर्भ गरेर विराटनगर आएका उनीहरुबाट विदेश पठाईदिने भन्दै यादवले रकम लिएको बताएका छन् । सिराहाको मिर्चैयामा देवभूमि ग्रुप अफ एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरेका यादवले आफूहरुलाई ठगेको उनीहरुले गुनासो गरेका छन् । सिरहा जिल्ला बाट मात्रै यादवले १८० जनालाई ठगी गरेको एक युवा रोहीत यादवले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्