१८ बैशाख २०८१, मंगलबार
Tags

विराटनगर महानगरपालिका भित्र अखिल नेपाल पिछडा वर्ग तिव्र रुपले नगर कमिटी गठन गर्दै

राजेश कुमार राजवंशी मंगलबार, पुष १३, २०७८

विराटनगर / पौष १३, अखिल नेपाल पिछडा वर्ग महासङ्घ (ओबिसी) ले विराटनगर महानगरपालिका भित्र वडा नम्बर ६ , ११,१३,१४ र १८मा कमिटी गठन गरिएको छ ।वडा नम्बर ६मा भिम कामतको नेतृत्वमा २१सदस्य कमिटी गठन गरेको छ ।

वडा नम्बर १४ मा गोबिन्द महतो को नेतृत्वमा २१सदस्य कमिटी गठन गरियो वडा नम्बर १३ मा गिता देवि शर्माको नेतृत्व मा २१ सदस्य कमिटी गठन गरियो र वडा नम्बर १८ मा सुरज कामतको नेतृत्वमा २१ सदस्य कमिटी गठन गरिएको छ ।विगत १८ वर्ष देखि अनवरत रुपले पिछडा वर्ग अगाडि बढी रहेकोे छ । अखिल नेपाल पिछडा वर्ग (ओबिसी) महासघले १९ वटै वडामा कमिटी गठन गरि महानगर अधिवेशन गर्न निर्णय समेत गरेका हुन । नेपाल पिछडा वर्ग (ओबिसी) महासघ उच्च वर्ग आदिवासी जनजाति र दलितमा नपर्ने यी झण्डै ३दर्जन जाति को हक अधिकारको लागि संघर्ष गर्दै आएको अखिल नेपाल पिछडा वर्ग (ओबिसी) महासघको केन्द्रिय महासचिव जयप्रकाश महतोले जानकारी गराउनु भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्