०८ साउन २०८३, शुक्रबार
Tags

रानी सशस्त्रद्वारा ४ लाखभन्दा बढी मूल्यका भन्सार छलीका सामान भन्सार दाखिला

रणभूमी सम्वाददाता शुक्रबार, साउन ०८, २०८३

विराटनगर / सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म मुख्यालय रानी, मोरङले विभिन्न स्थानबाट बरामद गरेका भन्सार छलीका सामान विराटनगर भन्सार कार्यालयमा दाखिला गरेको छ।

सशस्त्र प्रहरीले शुक्रबार विभिन्न समयमा र स्थानबाट बरामद गरिएका किराना सामग्री, लत्ताकपडा, मोटर पार्ट्स, गहना बट्टा, नक्कली गरगहना तथा अन्य विविध सामान गरी रु. ४ लाख ९ हजार २ सय ७५ बराबरका सामान विराटनगर भन्सार कार्यालयमा बुझाएको हो।

सीमा क्षेत्रमा भन्सार छली तथा अवैध आयात–निर्यात नियन्त्रण गर्ने अभियानलाई निरन्तरता दिँदै सशस्त्र प्रहरीले नियमित गस्ती र निगरानीका क्रममा उक्त सामान बरामद गरेको जनाएको छ।

बरामद गरिएका सबै सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी राजस्व संकलनका लागि विराटनगर भन्सार कार्यालयमा दाखिला गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्