१८ बैशाख २०८१, मंगलबार
Tags

विराटनगर जुटमिलको खेल मैदानमा अण्डर एटीन क्रिकेट प्रतियोगिता उद्घाटन

रणभूमी डेस्क बिहिबार, आषाढ ०२, २०७९

विराटनगर / १८ वर्ष मुनिका क्रिकेट खेलाडीहरूको एककृत गर्दै अण्डर एटीन मदन भण्डारी मेमोरियल इमर्जिङ स्टार क्रिकेट प्रतियोगिता आज विराटनगर जुटमिलको खेल मैदानमा विहीवार उद्घाटन भएको छ ।

असार २ र ३ गते सम्म हुने क्रिकेट प्रतियोगितामा प्रदेश नं १ को विभिन्न जिल्लाहरू बाट १८ वर्ष मुनिका खेलाडीहरुलाई सहभागि गराई राष्ट्रिय स्तरको खेलमा सहभागी गराउन छनौट गर्नको लागि उक्त प्रतियोगिताको आयोजना गरेको हो ।

शक्ति गौतमले अध्यक्षता गरेको उक्त कार्यक्रमा प्रमुख अतिथि सुवर्ण निरौला तथा विशिष्ठ अतिथिहरुमा सशस्त्र प्रहरी बल नेपाल बिओपी रानी प्रमुख भूपेन्द्र काजी निरौला र भूपू अन्तराष्ट्रिय खेलाडी राजकुमार प्रधान रहनुभएको थियो भने अतिथिहरुमा मिल्स क्रिकेट क्लब को अध्यक्ष मुरली चौधरी, उपाध्यक्ष राजन राज बिराटनगर १५ का वडा अध्यक्ष प्रकाश साह र १६ नं वडा अध्यक्ष उद्धव भुजेलको सहभागिता रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्