१८ बैशाख २०८१, मंगलबार
Tags

सुनसरीबाट १२२ किलो अवैध लागुऔषध गाँजा बरामद

रणभूमी डेस्क आइतबार, आषाढ २६, २०७९

सुनसरी / सुनसरीको बराहक्षेत्र नगरपालिका-६ सिसौली स्थितबाट प्रहरीले अवैध लागुऔषध गाँजा बरामद गरेको छ ।

आईतवार बिहान ३ बजे बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी निरीक्षकको टोलीले सप्तकोशी नदीको दुईवटा भङ्गालो बिच टापुमा लुकाई छिपाई राखेको अवस्थामा १२२ किलोग्राम (५ बोरा) अवैध लागुऔषध गाँजा फेला पारेको हो ।

उक्त फेला परेको गाँजालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई राखिएको र ओसार पसारमा समलग्न ब्यक्तिहरुको खोजतलास तथा अन्य अनुसन्धान भईरहेको १ नं प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्