१८ बैशाख २०८१, मंगलबार
Tags

सुनसरी र पिपराही बाट ४९२ किलो गाँजा बरामद

रणभूमी डेस्क मंगलबार, फाल्गुण १६, २०७९

सुनसरी / नेपाल र भारत गरी सीमावर्ती एरिया बाट ४९६ किलो गाँजा पक्राउ परेको छ । सुनसरीबाट सशस्त्र प्रहरीले २५८ किलो गाँजा सुनसरी जिल्लाको हरिनगर गाउँपालिका – ५ नरकटियाबाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो भने भारतीय एसएसबी ४५औं बटालियन सीमा चौकी पिपराही बाट एसएसबी ले २३८ किलो गाँजा बरामद गरेको हो ।

वसन्तपुर बीओपीबाट खटिएको सशस्त्रको गस्ती टोलीले सोमबार राति करिब १० बजेतिर हरिनगरको भुटाहा–घुस्की सडकखण्डबाट १२ बोरा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको थियो ।

सप्रसनी सुमन रानाभाटको कमाण्डमा खटिएको टोलीले २५८ गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआइजी कमल गिरीले बताए ।

भुटाहाबाट घुस्कीतर्फ जाँदै गरेको बिआर १ ए के ७१०० नम्बरको भारतीय स्कारपियोलाई चेकजाँच गर्दा गाँजा बरामद भएको उनले बताए ।

बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरीलाई बुझाएको छ । स्कारपियो चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

उनको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ । गाडी रोकेर चेकजाँच गर्न खोज्दा चालकले भाग्ने प्रयास गर्दै खेतछेउमा गाडी छोडेर भागेका थिए ।

त्यसैगरी एसएसबी सीमा चौकी पिपराहीले २३८ किलोग्राम गाँजा को साथमा तीनजना तस्करलाई समेत पक्राउ गरेकाे छ ।

आईतवार राती एसएसबीको ४५ औं बटालियन बाट खटेको टोलीले छड्के चेकजाँचको क्रममा उक्त गाँजा सहित मानिसलाई पक्राउ गरेकाे बटालियनका सहायक कमाण्डेन्ट आलोक कुमारले बताए ।

उनले भने हामीलाई स्रोतले दिएको जानकारी अनुसार छड्के चेक जाँचको क्रममा नेपाल भारत सीमा स्तम्भ नं २१४/३३ नजिक बाट पक्राउ गरेकाे हाे । जसमा नि.सा. विकास चन्द्र विश्वास को नेतृत्वमा ७ जनाको टोली सहित दुई जान स्थानिय गाउँको मानिसलाई सहभागी गरी गाँजा पक्राउ गर्न सफल भएको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्