
रणभूमी सम्वाददाता सोमबार, भाद्र २२, २०८२

काठमाडौं / सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजी प्रदर्शनका क्रममा घाइते भएकामध्ये थप एकजनाले सिभिल अस्पतालमा ज्यान गुमाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, दिउँसो साढे ३ बजेसम्म उपत्यकाका विभिन्न अस्पतालमा १३ जनाको मृत्यु भएको थियो भने अहिले यो संख्या बढेर १४ पुगेको छ।
ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको मन्त्रालय स्रोतले जनाएको छ।
घाइतेहरूको विस्तृत विवरण भने अझै उपलब्ध भइसकेको छैन।
यहाँ कमेन्ट गर्नुहोस्