
रणभूमी सम्वाददाता शुक्रबार, आश्विन ०२, २०८२

धनुषा / धनुषा जिल्ला जनकपुरधाम–१७ स्थित एम.जि. स्टिल इन्डस्ट्रीज प्रा.लि. मा मंगलबार आगलागी भएको छ।
आगलागीपछि नेपाली सेनाको विष्णुदल गण, अन्य सुरक्षा निकाय तथा स्थानीयहरूको सक्रियतामा आगो नियन्त्रणमा लिइएको हो।
आगलागी कसरी भयो भन्ने कारण खुल्न बाँकी रहेको र आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्