२३ फाल्गुण २०८२, शनिबार
Tags

रङ्गेलीमा पत्रकार विशाल मण्डलमाथि आक्रमण

रणभूमी सम्वाददाता मंगलबार, माघ ०६, २०८२

रङ्गेली / रङ्गेलीका पत्रकार तथा ‘पूर्वी टाइम्स’ अनलाइन मिडियाका सञ्चालक विशाल मण्डलमाथि आज साँझ करिब ७ बजे एक अराजक व्यक्तिद्वारा आक्रमण भएको छ।

प्राप्त जानकारीअनुसार मण्डलमाथि अचानक आक्रमण गरिएको हो। आक्रमणबाट उनी घाइते भएको जानकारी प्राप्त भएको छ।

प्रेस स्वतन्त्रतामाथि यसरी आक्रमण हुनु अत्यन्तै दुःखद र निन्दनीय हो। लोकतन्त्रको चौथो अङ्गमाथि भएको आक्रमणले समग्र पत्रकारिता क्षेत्रलाई मर्माहित बनाएको प्रतिक्रिया आएको छ।

घटनामा संलग्न दोषी पहिचान गरी तत्काल कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग स्थानीय सञ्चारकर्मीहरुले जोडदार माग गरेको छ।

यहाँ कमेन्ट गर्नुहोस्