रणभूमी सम्वाददाता बिहिबार, माघ ०८, २०८२
विराटनगर / अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय रानीको वडा एरियामा ओप्पो कम्पनीका विभिन्न मोडेलका ८ थान मोबाइल फोन फेला परेका छन्।
२०८२।१०।०८ गते फेला परेका ती मोबाइल फोन कसैको हराएको वा चोरी भएको भए सम्बन्धित कागजातसहित इलाका प्रहरी कार्यालय रानीमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।
प्रहरीका अनुसार फेला परेका मोबाइलमध्ये ओप्पो कम्पनीको मोडेल नम्बर CPH2197 भएको मोबाइल एक थान, स्काइ रङ्गको ओप्पो मोबाइल एक थान, मोडेल नम्बर CPH2145 (IMEI नम्बर 86412905606125461247) भएको मोबाइल एक थान, मोडेल नम्बर CPH2211 भएको मोबाइल एक थान, मोडेल नम्बर CPH2091 भएको मोबाइल एक थान, मोडेल नम्बर CPH2239 (IMEI नम्बर 860953054604995604987) भएको मोबाइल एक थान, मोडेल तथा IMEI नम्बर नखुलेको मोबाइल एक थान तथा मोडेल नम्बर CPH2211 (IMEI नम्बर 8623990542105990581) भएको मोबाइल एक थान रहेका छन्।
सम्बन्धित मोबाइलका वास्तविक धनीले आवश्यक प्रमाणसहित इलाका प्रहरी कार्यालय रानीमा उपस्थित भई मोबाइल बुझिलिन सक्ने प्रहरीले जनाएको छ।