२८ फाल्गुण २०८२, बिहिबार
Tags

दुहबीमा ठूलो मात्रामा लागूऔषधसहित दुई जना पक्राउ

रणभूमी सम्वाददाता बिहिबार, फाल्गुण २८, २०८२

सुनसरी / सुनसरीको दुहबी नगरपालिका–९ छाताबेलीबाट प्रहरीले ठूलो मात्रामा लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहीबार (२०८२ फागुन २७) दिउँसो करिब २ः४५ बजे सुनसरी–मोरङ सिँचाइ आयोजना शाखा नहरको डिल क्षेत्रमा लागूऔषध खरिद–बिक्री भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले संयुक्त अपरेसन सञ्चालन गरेको थियो।

इलाका प्रहरी कार्यालय दुहबी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको ‘पिट’ टोली खटिएर गरेको चेकजाँचका क्रममा गढी गाउँपालिका–३ बस्ने ५४ वर्षीय पवनलाल थारु र इटहरी उपमहानगरपालिका–११ बस्ने ३३ वर्षीय महमद अवजललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोल ५ हजार क्याप्सुल र स्पास्पेन ६ हजार ४ सय ट्याब्लेट बरामद भएको छ।

त्यस्तै उनीहरुले प्रयोग गरेको को ५ प ८०९७ नम्बर र को ११ प २९०१ नम्बरका मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका दुवै जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दुहबीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।

यहाँ कमेन्ट गर्नुहोस्