०७ चैत्र २०८२, शनिबार
Tags

विराटनगरमा १०० ग्राम खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ

रणभूमी सम्वाददाता शुक्रबार, चैत्र ०६, २०८२

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–११ बसपार्क क्षेत्रबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत, बिहार राज्य, अररिया जिल्ला फारबिसगंज वडा नम्बर २५ बस्ने २५ वर्षीय बिपुल बर्मा रहेका छन्। उनलाई २०८२ चैत ६ गते दिउँसो करिब ४ बजे विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले बसपार्क क्षेत्रमा लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा बर्मालाई शंकास्पद अवस्थामा फेला पारेको थियो।

प्रहरीले उनको शरीरमा लुकाइ राखिएको अवस्थामा प्लास्टिकसहित १०७ ग्राम र प्लास्टिक बाहेक १०० ग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ। साथै उनको साथबाट एक थान मोबाइलसमेत बरामद गरिएको छ।
प्रारम्भिक सोधपुछका क्रममा पक्राउ परेका बर्माले उक्त लागूऔषध भारतबाट ल्याई नेपालमा बिक्री गर्ने गरेको खुलाएका छन्।

हाल उनलाई बरामद गरिएको लागूऔषध र मोबाइलसहित थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्