१६ जेठ २०८३, शनिबार
Tags

मोरङको गछियामा मोटरसाइकल दुर्घटना, चालक घाइते

रणभूमी सम्वाददाता शनिबार, जेठ १६, २०८३

विराटनगर / मोरङको सुन्दरहरैंचा नगरपालिका–६ गछिया स्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालक घाइते भएका छन्।

बुधबार राति करिब ११ः५० बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को४ प ४४१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैंचा नगरपालिका–४ निवासी अन्दाजी ४३ वर्षीय पृथ्वी नारायण चौधरी घाइते भएका छन्। उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। घाइते चौधरीलाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको छ, जहाँ उनको उपचार भइरहेको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनाग्रस्त मोटरसाइकल इलाका प्रहरी कार्यालय गछियाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्