१६ जेठ २०८३, शनिबार
Tags

विराटनगरमा कवाडी कचरा गोदाममा आगलागी, मानवीय क्षति भएन

रणभूमी सम्वाददाता शनिबार, जेठ १६, २०८३

विराटनगर / विराटनगर महानगरपालिका–११ बरमपुरास्थित एक कवाडी कचरा स्टोक (गोदाम) मा आगलागी भएको छ।

बिहीबार राति करिब १२ः३० बजे विराटनगर–६ निवासी विदेशी सहनीले सञ्चालन गर्दै आएको कवाडी कचरा गोदाममा अचानक आगलागी भएको जानकारी प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो।

प्रहरीका अनुसार केसलिया सीआरभीबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले स्थानीयवासी तथा दमकलको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको थियो।

आगलागीबाट कुनै मानवीय वा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ। आगलागीबाट भएको भौतिक क्षतिको विस्तृत विवरण भने अझै खुल्न बाँकी रहेको छ।

यहाँ कमेन्ट गर्नुहोस्