१६ जेठ २०८३, शनिबार
Tags

मोरङको बुढीगंगामा स्कुटर दुर्घटना, चालक घाइते

रणभूमी सम्वाददाता शनिबार, जेठ १६, २०८३

विराटनगर / मोरङको बुढीगंगा गाउँपालिका–३ हुलास वायरस्थित कोशी लोकमार्गमा स्कुटर दुर्घटना हुँदा चालक घाइते भएका छन्।

बिहीबार बिहान करिब ३ः४५ बजे नेमुवाबाट विराटनगरतर्फ जाँदै गरेको को.१९ प ४२३२ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा स्कुटर चालक बुढीगंगा गाउँपालिका–३ निवासी अन्दाजी २७ वर्षीय सुमित विश्वास घाइते भएका छन्। उनको टाउको तथा दुवै खुट्टामा चोट लागेको छ।

घाइते विश्वासलाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल, गंगाचोकमा भर्ना गरिएको छ। अस्पताल स्रोतका अनुसार उनको अवस्था मध्यम रहेको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ सीआरभी बाँसबारीबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टोली खटिएको थियो। दुर्घटनाग्रस्त स्कुटर नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय नेमुवामा राखिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्