२८ आषाढ २०८३, आइतबार
Tags

विराटनगर–१४ मा विशेष अपरेशन, नलकटुवा पेस्तोल र गाँजासहित एक पक्राउ

रणभूमी सम्वाददाता आइतबार, आषाढ २८, २०८३

विराटनगर / सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म रानी, मोरङले विशेष सुराकीका आधारमा विराटनगर महानगरपालिका–१४ जतुवाबाट एक जनालाई अवैध हतियारसहित पक्राउ गरेको छ।

असार २८ गते बिहान ५:५० बजे सशस्त्र प्रहरी निरीक्षक गणेश खत्रीको कमाण्डमा खटिएको १० सदस्यीय टोलीले विशेष सूचनाको आधारमा विराटनगर–१४ जतुवास्थित मुन्ना सहनीको घरमा भाडामा बस्दै आएका ३१ वर्षीय सुवाष यादवलाई नियन्त्रणमा लिएको हो।

खानतलासीका क्रममा सुवाष यादवको साथबाट एक थान नलकटुवा पेस्तोल, सो पेस्तोलमा प्रयोग हुने एक थान गोली तथा सानो परिमाणमा गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

पक्राउ परेका यादवलाई बरामद हतियार तथा लागूऔषधसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म रानी, मोरङमा ल्याइएई थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्