२१ साउन २०८३, बिहिबार
Tags

९६ केजी ११८ ग्राम गाँजासहित दुई जना पक्राउ

रणभूमी सम्वाददाता बिहिबार, साउन २१, २०८३

विराटनगर / मोरङ प्रहरीले ९६ केजी ११८ ग्राम लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार राति धनपालथान गाउँपालिका–२ मा नेपालबाट भारततर्फ गाँजा ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी कर्सिया र प्रहरी चौकी गडेरियाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गरेको थियो। सो क्रममा BR38H8733 नम्बरको मोटरसाइकलमा सवार धनपालथान गाउँपालिका–१ निवासी २७ वर्षीय सुमन कुमार साह र सोही स्थानका २७ वर्षीय अमर साहलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा धनपालथान–१ भवानीपुरस्थित पुटबारीमा लुकाइराखिएको अवस्थामा ९६ केजी ११८ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रंगेलीमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्