रणभूमी सम्वाददाता बिहिबार, साउन २१, २०८३
विराटनगर / मोरङ प्रहरीले सुनवर्षी नगरपालिका–९ डाइनिया मुस्लिम टोलकी ४ वर्षीया बालिका कायतन खातुनको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। प्रहरीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाको अनुसन्धानका क्रममा स्थानीय ५१ वर्षीय जान महमद मन्सुरीलाई पक्राउ गरिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन ८ गते जफरुल मियाँकी छोरी कायतन खातुन घरनजिकैको घाँसीबारीभित्र मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको अनुसन्धानका क्रममा जान महमद मन्सुरीको संलग्नता देखिएपछि उनलाई साउन २० गते आफ्नै घरबाट पक्राउ गरिएको हो।
प्रहरीले पक्राउ परेका मन्सुरीविरुद्ध मोरङ जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्