१५ बैशाख २०८१, शनिबार
Tags

क्लासिक टेकलाई ओबी मिडिया सँग क्षमा माग्न र प्रतिबन्ध हटाउन पत्रकार महासंघको आग्रह

रणभूमी आइतबार, भाद्र १३, २०७८

बिराटनगर / भदाै १३, नेपाल पत्रकार महासंघ मोरङले इन्टरनेट प्रदायक निजी कम्पनि क्लासिक टेकलाई सञ्चारमाध्यममाथि लगाएको प्रतिबन्ध तत्काल हटाएर क्षमा माग्न आग्रह गरेको छ ।
ओबी मिडिया प्रा.लि.को अनलाइन संस्करण आवर विराटनगरले क्लासिक टेकको सेवा केन्द्रमा सेवाग्राहीले लगाएको तालाबन्दी विरुद्ध समाचार प्रकाशन गरेको विषयलाई लिएर गरिएको प्रतिबन्ध तत्काल हटाउन महासंघ मोरङले आग्रह गरेको हो ।

महासंघ मोरङका सचिव नेत्र पि अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै अनलाइनमा प्रकाशित समाचारबारे चित्त नबुझे कानुनी उपचार खोज्न पाउने अधिकार भएपनि सञ्चारमाध्यमलाई नै ‘ब्लक’ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि हनन् भएकाले तत्काल क्षमा माग्दै प्रतिवन्ध हटाउन ध्यानाकर्षण गराउनु भएको हो ।
सचिव अधिकारीद्वारा जारी विज्ञप्तीमा भनिएको छ–समाचार प्रकाशनको विषयलाई लिएर इन्टरनेट प्रदायक निजी कम्पनिले सञ्चारमाध्यमलाई नै प्रतिबन्ध लगाउने कार्य नेपालको संविधानविपरीत कार्य भएको हाम्रो ठहर छ, सञ्चारमाध्यमलाई ‘ब्लक’ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि हनन् भएकाले क्लासिक टेकलाई तत्काल क्षमा माग्दै प्रतिबन्ध हटाउन ध्यानाकर्षण गराउँदछौं । महासंघले विषयप्रति गम्भीर नबने जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने चेतावनी समेत दिइएको छ ।

विराटनगर ट्राफिक चौकस्थित सेवा केन्द्रमा सेवाग्राहीले तालाबन्दी गरेकोको समाचार शुक्रबार आवर विराटनगर डटकमले प्रकाशित गरेको थियो । गुणस्तरीय सेवा प्रवाह नगरेको भन्दै सेवाग्राहीले क्लासिक टेकको कार्यालयमा तालाबन्दी गरेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्