०८ बैशाख २०८१, शनिबार
Tags

बिराटनगरमा तस्करीको अनेक जुक्ती, चामल भित्र चिनीको ठुलो कारोबार

रणभूमी आइतबार, भाद्र १३, २०७८

बिराटनगर / भदाै १३, भारतको जोगबनी बाट नेपाली व्यापारीहरूले स्थानीयलाई प्रयाेग गरेर चामल भित्र चिनीको तस्करीको ठुलो कारोबार सञ्चालन गरेका छन् ।

बिराटनगर अन्तर्गत नेपाल भारत सीमा रानी जोगवनी मुख्य नाका खुला भएपनि जोगवनी आउन जान र कारोबारको निम्ती वैकल्पिक नाकाको प्रयाेग अझै भईनै रहेको छ । कारोवारीहरुले चामलको सिलप्याक बोरा भित्र चिनीको तस्करी तिव्र रुपमा चलाईरहेको छ भने किराना सामान भित्र कपडा लगायत अन्य महँगा महँगा वस्तुहरूको तस्करी हुनेगरेको छ । उक्त कार्यको लाई विराटनगरको ठूला व्यापारीहरूले सीमा नजिकको सर्वसाधारणहरुलाई भरियाको रुपमा प्रयोग गर्नेगरेको पाईन्छ ।

एक थान २५ किलोको चामलको बोरामा भएको चिनी विराटनगरको गुद्रीमा पसल सम्म पुर्याउँदा भरियाले २५० देखी ३०० रुपैयाँ सम्म पारिश्रमीक पाउने गरेका छन् ।

जोगवनी विराटनगरको मुख्य नाका खुला भएपछी इलाका प्रहरी कार्यालय रानी र सशस्त्र प्रहरी बल बिओपी रानीको टोलीको तैनाथी मुख्य नाका र मेन रोडको बाटोमा चेक पोइन्ट राखेको हुनाले प्रहरीको जनशक्ति बैकल्पिक बाटोहरुमा अपुग हुनेगरेको मौका छोपी व्यापारीहरूले तस्करीको काम निर्धक्क साथ गर्दै आईरहेको श्रोतले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट सीमा नाकामा विहान १० बजे देखी साझ ५ बजे सम्म मा थप टोली परिचालन गरेपनि सर्वसाधारणले घरायसी प्रयोजनको लागी लैजान लागेको चामल लगायत खाद्यान्न सामग्रीहरू रोक्दा प्रहरीको विरोध हुने गरेको छ । त्यही मौका छोपी व्यापारीहरूले मौकाको फाइदा उठाउने गर्दछन् । त्यसैगरी अस्थाई प्रहारी चौकी मटीयारुवा, इलाका प्रहरी कार्यालय रानी र बिओपी रानीको जनसक्ती काम र वैकल्पिक बाटोको संख्या धेरै भएको हुनाले पनि तस्करहरुलाई सजिलो भएको हो । प्रहरी सशस्त्र प्रहरीको छड्के चेक जाँचको टोली तथा विशेष सुराकीको आधारमा माल सामान जादै गरेकाे सूचना पाएपछी पक्राउ गर्नेगरेको प्रहरीहरु बताउँछन् । अहीले मुख्य नाका पैदल यात्रुको लागि खुला र सहज भएको अवस्थामा हिलो र पानी भरेको वैकल्पिक बाटो प्रयाेग गर्नेहरुको प्रयोजन ठिक नभएको सजिलै अनुमान लगाउन सकिन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्