१५ चैत्र २०८०, बिहिबार
Tags

रघुपति जुटमिलमा करेन्ट लागेर एक मजदुरको मृत्यु

रणभूमी शुक्रबार, भाद्र १८, २०७८

बिराटनगर / भदाै १८, बिराटनगर-१७ मा रहेको रघुपति जुटमिल भित्र काम गरिरहेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।

जुटमिलमा लगभग १० वर्ष देखी लुम डिपाटमा काम गर्दै आईरहेका बिराटनगर- १८ बस्ने वर्ष २८ को पप्पु कुमार मण्डलको आज बिहान १० बजेको समयमा काम गर्ने क्रममा करेन्ट लागी घट्ना स्थलमै मत्यु भएकोे हो । मण्डललाई करेण्ट लागेर लडेपछि मजदुरहरुले जुटमिल प्रशासनलार्इ खबर गरेका थिए । तत्काल जुतमिल भित्र रहेको डिस्पेनसरीमा लगेर भित्रका डाक्टरहरुले चेक गर्दा मण्डलको मृत्यु भई शरीरको ब्लडप्रेशर बन्द भईसकेको प्राथमिक उपचारमा संलग्न चिकित्सकले बताएका छन् । मण्डललाई अस्पताल लेगेर केही सुधार आउँछ कि भनी जुटमिल बाट ६ मिनेट ४५ सेकेन्डमा अस्पताल पुर्याइएको जुटमिलको चिकित्सकको भनाई छ । अस्पतालमा मण्डलको आधिकारिक रुपमा मृत्यु भईसकेको बताएका थिए । मण्डलको शरिरको दाहिने तर्फ करेन्ट लागेर जलेको डामहरु रहेको प्रहरीले बताएका छन ।l

यहाँ कमेन्ट गर्नुहोस्