१६ चैत्र २०८०, शुक्रबार
Tags

मिल्स एरियामा एक युवक मृत फेला

रणभूमी सोमबार, भाद्र २१, २०७८

बिराटनगर / भदाै २१, विराटनगर -१३ डिएभि स्कुल अगाडी एक जना युवा मृत अवस्थामा फेला परेका छन् । ३० देखि ३५ वर्ष उमेरका युवा आज विहान मृत अवस्थामा फेला परेका हुन् ।

अहिले घटनास्थलमा इलका प्रहरी कार्यालय रानी विराटनगरको टोली पुगेर घटनाको मुचुल्का उठाउने काम गरिसकेको छ । शवलाई विराटनगरस्थित कोशी अस्पतालमा पोस्मार्टमा गर्न लागिएको छ । मृतक युवाको पहिचान तथा मृत्युको कारणको विषयमा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्