११ बैशाख २०८१, मंगलबार
Tags

पुरानो प्रज्ञापन पत्र देखाई तस्करी, दुई ट्रक सहित ८० लाख बराबरको सामान पक्राउ

रणभूमी मंगलबार, भाद्र २२, २०७८

वीरगन्ज / भदाै २२, पुरानो म्याद गुज्रेको भन्सार प्रज्ञापन पत्र बोकी अवैध रुपमा भारत बाट भन्सार छली दुर्इ वटा ट्रकमा ल्याइएको कपडा र अन्य सामान सहित प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं.१४ स्थित गण्डक सडकखण्डको बाटो हुँदै ना.३ ख ५१६५ र ना.३ ख ५५२५ नम्बरको मालवाहक ट्रकहरूमा पुराना मितिको प्रज्ञापन पत्र, सो प्रज्ञापन पत्रमा उल्लेखित मालबस्तुहरूको सट्टा भन्सार छली चोरी पैठारी गरी ल्याएको लत्ताकपडाहरू लगायतका अन्य मालबस्तुहरू लोड गरी चितवन तर्फ लग्दै छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको टोलिले २० गते आईतवार राती साढे ९ बजेको समयमा पक्राउ गरेकाे थियाे ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले उल्लेखित नम्बरको ट्रकहरू रोकेर जाँच गर्ने क्रममा चालकहरू छाडी भागी फरार भएको प्रहरीले बताएका छन् । उक्त ट्रकहरूलाई वेवारिसे अवस्थामा नियन्त्रणमा लिइ कार्यालयमा ल्याइएको र गाडीमा भएको प्रज्ञापनपत्र हेर्दा ना.३ ख ५१६५ नम्बरको ट्रकमा लोड रहेको सामानहरूको २०७७।१०।२२ गते लगायतका मितिको प्रज्ञापन पत्रहरू रहेको र ना ३ ख ५५२५ नम्बरको ट्रकमा लोड रहेको सामानहरूको २०७८।०४।२१ गते लगायतका मितिको प्रज्ञापन पत्रहरू रहेको तर विल विजकहरुमा हाल सालैको मितिहरु उल्लेख भएकोले यी गाडीमा रहेका सामानहरु प्रज्ञापन पत्र वमोजिमका नरहेका तथा फरक फरक मितिका विल विजक वमोजिमका समेत नरहेको हुन सक्ने भएकाले निम्न कागजातहरु सहित नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पर्साको प्रवक्ता तथा सुचना अधिकारी डिएसपी ओम प्रकाश खनालले बताउनुभयो ।

उक्त सामानहरूको जम्मा रू ८० लाख रुपैयाँ मूल्यांकन गरी सोमवार राजश्व अनुसन्धान पथलैया, बारामा बुझाइएको बताएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्