२० बैशाख २०८१, बिहिबार
Tags

हुन्डीको कारोबारगर्ने १२ लाख रुपैया सहित एक जना जोगवनीमा पक्राउ

रणभूमी शुक्रबार, भाद्र २५, २०७८

बिराटनगर / भदाै २५, हिजो साँझको समयमा भारत बाट मटियारुवाको बाटो भएर नेपाल आउन लागेको को १५ प ४४३४ नं को मोटरसाइकललाई सीमामा एस.एस.बी. र प्रहरीहरुले रोकेर चेक जाच गर्ने क्रममा १२ लाख नेपाली रुपैयाँ सहित व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

मोटरसाइकलको सिट मुनी लुकाई नेपाल ल्याउँदैगरेको १२ रुपैया सहित पक्राउ पर्नेमा जहदा गाउँ पालिका बुद्धनगर बस्ने लक्ष्मणकुमार साह रहेको एस.एस.बीले बताएकाे छ । साहलाई आवश्यक सोधपुछ तथा अनुसन्धानको लागी न्यायिक हिरासतमा राखेर अनुसन्धान भईरहेको भारतिय प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्