०७ बैशाख २०८१, शुक्रबार
Tags

१८ वटा अस्ट्रिजको बच्चा सहित पिकअप भ्यान पक्राउ, जम्मा मूल्याङ्कन १४ लाख ९० हजार

रणभूमी शुक्रबार, भाद्र २५, २०७८

रूपन्देही / भदाै २५, ईलाका प्रहरी कार्यालय धकधई रुपन्देही र प्रहरी चौकी मैनिहवा रुपन्देहीबाट खटिएको संयूक्त प्रहरी टोलीले बुधवार राती १८ वटा अस्ट्रिज चराको बच्चा सहित पिकअप भेन नियन्त्रणमा लिएको छ ।

राती पौने १० बजेको समयमा रोहिणी गाउँपालिका वडा नं.२ मैनिहवा बाट लु ३ च १९१३ नं. को पिकअपमा नेपालबाट भारत तर्फ लैजादै गरेको अबस्थामा १८ वटा अस्ट्रिज चरा बच्चाहरु प्रहरी टोलिले पक्राउ गरेको हो । नियन्त्रणमा लिएको अस्ट्रिजको बच्चा सहित पिकअप भ्यान को रू १४ लाख ९० हजार रुपैयाँ मूल्याङ्कन गरी पशु क्वारेन्टाइनको कार्यालय बेलहिया रुपन्देही पठाएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्