१४ बैशाख २०८१, शुक्रबार
Tags

एम.सि.सी.को विरोध गर्दै बिराटनगरको रानी भन्सार नाकामा स्वतन्त्र यूवा समुहको प्रदर्शन

रणभूमी सोमबार, भाद्र २८, २०७८

बिराटनगर / भदाै २८, मिलेनियम कर्पोरसन च्यालेन्ज (एम.सि.सी.) को बिरोधमा स्वतन्त्र यूवा समुह द्वारा एम.सि.सी.राष्ट्रघाती समझौता भएको भन्दै खारेजको माग सहित बिराटनगरको रानी भन्सार नाकामा आज साँझ विरोध प्रदर्शन गरेको छ ।

स्वतन्त्र युवा समुह रानीको अध्यक्ष मो. हमिद आजादको अध्यक्षतामा स्वतन्त्र युवा समूहले रानी भन्सार नजिक एम.सि.सी. खारेज को मांग राख्दै बिरोध प्रदर्शन गरेका छन् । कार्यक्रममा विभिन्न प्लेकार्डमा एम.सि.सी. चाहिदैन देश बेच्न पाईदैन , राष्ट्रघाती होसियार, बिदेशी दलालहरु होसियार , देश भरिका सम्पूर्ण राष्ट्रवादी युवाहरु एक हौ जस्ता नारा समेत लगाइएको थियो । कार्यक्रमको अध्यक्ष हमिद आजाद ले नेपाल सार्वभौम सत्ता सम्पन्न मुलुक रहेको ले हिजो पनि कसैको उपनिवेश मा नरहेको मुलुक आज केहि दलका शीर्ष नेताहरुले आफ्नो स्वार्थ पुरा गर्न देश लाई बन्धक मा राख्ने काम नगर्न गराउन चेतावनी दिएका छन् । यदि बिकास नै गर्ने हो भने नेताहरु ले बहुदलीय देखि अहिले गणतन्त्र सम्म का उच्च पदमा रहेका नेताहरु सम्पत्ति छानबिन गरियो भने एम.सि.सी. को योजना भन्दा दुई गुणा पैसा हाम्रै मुलुक मा जम्मा हुनेछ र बिकास गर्न सकिन्छ ।त्यसैले कुनै पनि हालतमा यो देश को हितमा छैन एउटा सार्वभौम सत्ता सम्पन्न मुलुक ले यो एम.सि.सी. को कल्पना नगरे पनि हुन्छ भन्दै आफ्नो भनाई राखेका थिए । सो कार्यक्रममा विभिन्न राजनीतिक दलका युवा लगायत स्वतन्त्र युवाहरुको पनि उल्लेखनीय सहभागिता रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्