१३ बैशाख २०८१, बिहिबार
Tags

नै केजी गाँजा सहित मोटरसाइकल सशस्त्र प्रहरी नियन्त्रणमा

रणभूमी मंगलबार, भाद्र २९, २०७८

बिराटनगर / भदाै २९, नै किलो अवैध गाँजा सहीत सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट जहदा भुटाहाको टोलीले पक्राउ गरी नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ ।

बिराटनगर-१८ झटियाहीको बाटो भएर मोटरसाईकलमा एक जेब्रा झोलामा हाली आउँदै गरेको बेला सशस्त्र प्रहरी बल बिओपी जहदा भुटाहाको टोलीले चेक जाँचको क्रममा मोटराइकललाई रोक्न खोज्दा सशस्त्र प्रहरीलाई देखेर चालक को ३३ प ६६८० नम्बरको मोटरसाईकल छोडेर भागेपछि सशस्त्र प्रहरीले नियनत्रणमा लिएको सशस्त्र प्रहरी उपरिक्षक तिर्थ पौडेलले बताउनभयो । बरामद भएको गाँजा आवश्यक कारवहीको लागी इलाका प्रहरी कार्यालय रानीलाई बुझाएको छ । गाडी छाडी फरार भएका चालकको खोज तलास भईरहेको सप्रनि जंग बहादुर सिंहले बताउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्