१६ चैत्र २०८०, शुक्रबार
Tags

गन्तव्य सम्म पुर्याइदिन्छु भनि ट्रक भित्र १३ वर्षीय बालीकालाई जबरजस्ती करणी गर्ने दुई जना पक्राउ

रणभूमी मंगलबार, भाद्र २९, २०७८

काभ्रेपलाञ्चोक / भदाै २९, भदाै २६ गते राती साढे १२ बजेको समयमा पूर्व तर्फ जानको लागि भनि गाडी कुरिरहेकी १३ वर्षीय बालिकालाई नम्बर नखुलेको ट्रक चालकले गन्तव्य सम्म पुर्‍ याईदिन्छु भनि गाडीमा चढाएर जबरजस्ती करणी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका वडा नं. १ श्रृजनानगर स्थित सडक खण्डमा पूर्व तर्फ जानको लागि भनि गाडी कुरिरहेकी अं. वर्ष १३ की बालिकालाई एकिन नम्बर नखुलेको ट्रकले गन्तव्य सम्म पुर्‍याईदिने भनि उक्त गाडीमा राखी ल्याएर करीब राती डेर बजेको समयमा काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. १२ साझा पेट्रोल पम्प अगाडी गाडी रोकर सोही गाडी भित्रै चालक र सह-चालक दुवै जना मिलि पालै पालो जबरजस्ती करणी गरेको र त्यसपछि बालिकालाई गन्तव्य सम्म नपुर्‍याई त्यही ठाउँमा छाडी गाडी लिएर फरार भएको थियो ।

घटनाको विषयमा थाह पाएपछी जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक बाट विशेष टोली परिचलन गरेर दुवै जनालाई गाडी सहित पक्राउ गरेको हो । काभ्रेपलाञ्चोक बाट खटेको विशेष अनुसन्धान टोलीको अनुसन्धानबाट सोमवार प्रदेश २-०३-००१ ख १४८५ नम्बरको भाडाको ट्रक मोरङ्गबाट वि.पि. राजमार्गको बाटो हुँदै काठमाण्डौ तर्फ आउँदै छ भन्ने सूचनाको आधारमा आज साझँ सवा ७ बजेको समयमा धुलिखेल नगरपालिका-७ स्थित धुलिखेल चोक बाट ट्रक सहित जिल्ला झापा हल्दीबारी गाउँपालिका वडा नं. ०५ बस्ने वर्ष ३२ को चालक हर्क बहादुर बिश्वकर्मा र सह-चालक जिल्ला मोरङ्ग उर्लाबारी नगरपालिका वडा नं. ०१ बस्ने वर्ष १८ को निदिप धिमाललाई कानुन बमोजिम नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान सुरु गरी कारवाही प्रक्रिया अगाडी बढाएको छ । अनुसन्धानको क्रममा घट्नामा दुवैजनाको संलग्नता रहेको कुरा खुल्न आएकोले पीडितको परिवारबाट जबरजस्ती करणी सम्बन्धी कसूरमा किटानी जाहेरी लिएर जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रे ले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्