१५ बैशाख २०८१, शनिबार
Tags

सार्वजनक स्थान भिडभाड भएकोे ठाउँमा चोरी तथा लुटपाटगर्ने तिन जना पक्राउ

रणभूमी बुधबार, भाद्र ३०, २०७८

चितवन / भदाै ३०, सार्वजनिक यातायात तथा भिडभाड भएको मौका छोपी गर गहना चोरी तथा लुटपाट गर्ने तिन जनालाई प्रहरीले गहना सहित पक्राउ गरी सार्वजनिक गरेका छन ।

चोरी तथा लुटपाट गर्नको लागी समुह बनाई सार्वजानिक स्थान तथा सवारी साधनमा भिडभाडको फाइदा उठाई बिषेश गरी महिलाहरुलाई लक्षित गरी शरिरमा लगाएको, खल्तिमा वा ब्यागमा राखेको सामान तथा गरगहना चोर्ने कार्यमा संलग्न रहेकी सप्तरी जिल्ला राजबिराज नगरपालिका वडा न.४ मुसहरीटोल बस्ने बर्ष ३५ कि पिंकी धामीन लगायत ३ जनालाई पक्राउ गरी सार्वजनक गरेको हो ।

सार्बजानिक बसमा यात्रारत एक जना महिलाको ब्यागबाट गरगहना चोरी गरेको अबस्थामा चोरीको सुनको गरगहना सहित मिति भदाै २८ गते पक्राउ गरी चोरि कसुर अन्तर्गत मुद्दामा जिल्ला अदालत चितवनबाट म्याद गराई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्