१५ चैत्र २०८०, बिहिबार
Tags

मोरङ जिल्लाकै सबैभन्दा धनी विद्यालयको हरीबिजोग, ८२ बिघा जग्गा भएर पनि अवस्था जीर्ण

वार्षिक ५ रुपैयाँ धुर भाडा उठाउन पनि हम्मे हम्मे

छत्र वहादुर राजवंशी/राकेश कर्ण शनिबार, आश्विन ०९, २०७८

रङ्गेली / असोज ९, मोरङको रङ्गेली नगरपालीका वडा नं. १ बबियाबिर्ता स्थित श्री जनप्रिय उच्च मा.वि. को नाममा ८२ बिघा जग्गा भएर पनि विद्यालयको अवस्था जीर्ण रहेको छ भने विद्यालयलाई उक्त जग्गा बाट बार्षिक रुपमा हुने आम्दानी प्रति धुर जग्गाको भाडा बापत बार्षिक रुपमा ५ रुपैयाँ उँठाउन पनि हम्मे हम्मे पर्नेगरेको छ ।

२०३१ सालमा स्थापना भएको श्री जनप्रिय उच्च मा.वि. मोरङकै सब भन्दा धनी सामुदायीक विद्यालय मध्ये एक हो । ८२ बिघा जग्गा विद्यालयको नाममा भएपनी प्राय जग्गाहरु स्थानीयहरुले घरा टहरा बनाई लामो समय देखि बसोबास गर्दै भोग चलन गर्दै आईरहेका छन ।

विद्यालयको नाममा रहेको ८२ बिघा जग्गा मध्ये केही जग्गा श्री त्रिभवन मा.वि.को नाममा त केही जग्गा व्यक्तिको नाममा गरेर अहीले खोला नाला समेतको गरेर ६२ बिघा जग्गा मात्र बाकी रहेको विद्यालय को प्रधानाध्यापक प्रभुराम खवासले बताउनुहुन्छ ।

प्रधानाध्यापक प्रभुराम खवासले भन्नुहुन्छ आफु जनप्रिय मावि मा प्र.अ. भएको करिब ४ वर्ष भयो विद्यालयको प्र.अ. जिम्मेवारी पाएपछी विद्यालयको नाममा रहेको जग्गाहरुको खोजी गर्नुभयो । वहाँले भन्नु भयो धेरै अगाडी देखी नै सो जग्गामा मोरङको दक्षिण बाट सीमा पारिका केही व्यक्तिहरू घर टहरा बनाई सुकुम्बासी सरह सो जग्गामा घर टहरा बनाई बसेका थिए । बिस्तारै बिस्तारै जग्गामा घरहरूको संख्या पनि बढ्दै गयो, विद्यालयको जग्गामा भोगचलन गर्दै आईरहेकाहरुलाई पत्राचार गरी तिरो तिराउँन पटक पटक अनुरोध पनि गरेको बताउनुभयो । विद्यालयको आम्दानीको श्रोत पनि त्यही जग्गा भएको र उक्त जग्गा बाट बार्षिक रुपमा बिघाको १२ मन धान विद्यालयलाई आम्दानीको रुपमा आउने गरेकाे बताउनुभयो ।

विद्यालयको नाममा रहेको जग्गाहरुमा सबै जग्गा उब्जाउ नभएको, केही जग्गा खोलामा पर्छ भने अधिकांस जग्गामा व्यक्तिहरूको बसोवास रहेको छ । विद्यालयको जग्गामा बसोवास गर्नेहरुलाई विद्यालयको प्रधानाध्यापक प्रभुराम खवासले पटक पटक पत्राचार गरी जग्गाको भाडा स्वरुप निर्धारण गरिएको प्रति धुर जग्गाको बार्षिक रुपमा रु.५ (पाँच रुपैयाँ) तिरो उठाउने गरेका छन् । जसमध्ये बार्षिक रुपमा धुरको उक्त पाँच रुपैयाँ पनि धेरैले नतिर्ने गरेको प्र.अ. बताउँछन् ।

प्राप्त जानकारी अनुसार विद्यालयकै जग्गामा केही पोखरीहरु समेत रहेको र प्रति पोखरी माछा पालनको निम्ती बार्षिक रू पाँच हजार रुपैयाँ उठाउने गरेका छन् ।

विद्यालयको नाममा भएको जग्गा ठूलै क्षेत्रफलमा भएपनी विद्यालयको अवस्था जीर्ण रहेको छ । त्यति मात्र नभएर आवश्यकता अनुसार विद्यार्थी हरुलाई चाहिने ब्रेन्च समेत अपुग रहेको देखिन्छ । कोरोना भाईरस कोबिड-१९ को कारण विद्यालय व्यवस्थापन समिति समेत नहुँदा र विद्यालय लामो समय सम्म सञ्चालनमा नरहँदा विद्यालयको अवस्था त्यस्तो देखिएको विद्यालय प्रसाशनको भनाई रहेको छ । केही महीना अगाडी मात्र बिद्यालय व्यवस्थापन समिति गठन भएको छ तर समितिको पहिलाे बैठक समेत अहीले सम्म बस्न नसकेको हुनाले बिद्यालयको बिषयमा कुनैपनि निर्णयहरु भएको छैन ।

रङ्गेली नगरपालीकाको १ र २ नं. वडामा रहेको जग्गामा बसोबास गर्नेहरुको केही पुस्ता सो ठाउँमा बितिसकेको हुनाले बिद्यालय बाट सो जग्गा व्यक्तिको नाममा सार्न धेरै पटक प्रयास समेत भईसकेको श्रोतले बताएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्