१३ बैशाख २०८१, बिहिबार
Tags

अवैध सामान भन्सार दाखिला

रणभूमी शनिबार, आश्विन ०९, २०७८

बिराटनगर / सीमावर्ती एरियामा गरिएकाे कडाईको कारण तस्करी जन्य कार्य गर्नेहरु मान्छे नहिड्ने ठाउँहरुमा रहेको जंगलको बाटो अपनाउने गरेका छन् । त्यसता गतिविधिलाई रोक्न सीमा सुरक्षाको निम्ती खटिएको सशस्त्र प्रहरी टोलीले बाटो नभएको ठाउँ बाट पनि दैनिक लाखौंको अवैध सामानहरु पक्राउ गरी भन्सार दाखिला गर्नेगरेको छ ।

चाड पर्व नजिकिदै गएको बेला नेपाली बजारमा अत्याधिक माग हुने कपडा, किराना चिनी लगायतका सामाग्रीहरुको मांग अत्यान्तै बढी भएको र सीमा वर्ती एरियाहरुमा प्रहरीले सक्रियता बढाएपछि अवैध कारबार गर्नेहरु वैकल्पिक बाटोहरु रोज्ने गरेका छन् । सोही क्रममा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट दरैयाको सप्रनी दिल बहादुर पन्तको टोलीले शुक्रबार ठुलो परिमाणमा अवैध सामानहरु पक्राउ गरी भन्सार दाखिला गराएका छन् । यसरी हप्ताको तीन चार दिन गरी निरन्तर अवैध सामानहरु भन्सार दाखिला भईरहेको सशस्त्र प्रहरी श्रोतले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्