०९ भाद्र २०८३, मंगलबार
Tags

पथरी शनिश्चरेमा सहकारीका पदाधिकारी तथा कर्मचारीलाई पुँजीगत परियोजना गणना तालिम

रणभूमी सम्वाददाता मंगलबार, भाद्र ०९, २०८३

पथरी / पथरी शनिश्चरे नगरपालिकाको नियमन क्षेत्राधिकारभित्र रहेका सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीका लागि दुई दिने ‘पुँजीगत परियोजना गणना’ तालिम सुरु भएको छ।

नगरपालिकाको सभाहलमा आयोजित तालिमको उद्घाटन नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा भएको हो। स्थानीय तहमा पुँजीगत परियोजनाको प्रभावकारी योजना निर्माण, लागत गणना तथा कार्यान्वयन प्रक्रियालाई थप व्यवस्थित बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको सहकारी शाखा प्रमुख केशवदेवी धमलाले जानकारी दिनुभयो।

तालिममा नगरपालिकाभित्रका विभिन्न सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीहरूको सहभागिता रहेको छ। सहभागीलाई पुँजीगत परियोजनाको लागत अनुमान, योजना तर्जुमा, परियोजनाको आवश्यकता पहिचान तथा कार्यान्वयनका क्रममा अपनाउनुपर्ने प्रक्रियाबारे व्यावहारिक ज्ञान र सीप प्रदान गरिने जनाइएको छ।

उद्घाटन कार्यक्रममा नगरका आर्थिक विकास समिति संयोजक तथा वडा नम्बर ७ का वडाध्यक्ष उद्धवराज बस्नेतले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो।

तालिमको सहजीकरण जिल्ला बचत संघ मोरङका कार्यक्रम अधिकृत रामकुमार दाहालले गरिरहनुभएको छ। दुई दिनसम्म सञ्चालन हुने तालिमले सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीलाई परियोजना योजना तथा लागत व्यवस्थापनमा थप दक्ष बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्