१३ बैशाख २०८१, बिहिबार
Tags

बिराटनगर भन्सार बाट पास भई आउँदै गरेको ३८ लाख बराबरको अवैध सामान बिओपी रानीको नियन्त्रणमा

रणभूमी बुधबार, आश्विन १३, २०७८

बिराटनगर / असाेज १३, भारत बाट बिराटनगर भन्सार कार्यालयमा जाँच पास भई नेपाल आउँदै गरेको ३४ लाख बराबरको अवैध सामान ट्रयाक्टर सहित सशस्त्र प्रहरी ले नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाएको छ।

आज भारत बाट भन्सार कार्यालय हुँदै अवैध रुपमा बिआर ३८ डी ३४४७ नम्बर को ट्रयाक्टरमा नेपाल आउँदै गरेको कपडा, मोटर पार्ट्स र हार्डवेरको सामानहरु सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रानीको सरप्राइज चेकिङ्ग टोलीले पक्राउ गरी अनुसन्धान कार्यालय इटहरीलाई बुझाएको हो ।

प्राप्त जानकारी अनुसार बिओपी रानीको टोलीले बेला बखतमा बस्ने बिराटनगर १५ स्थित पारिजात टोलको सरप्राइज चेकिङ्गको क्रममा सङ्का लागी उक्त ट्रयाक्टरमा भएको कागज पत्र चेक जाच गर्दा कागज पत्र नमिलेको पाएपछी पक्राउ गरी नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिए पश्चात करिब ३४ लाख मूल्य बराबरको कपडा, मोटर पार्ट्स र हार्डवेरको सामानहरु भएको ट्रयाक्टर आबश्यक अनुसंधानको लागी राजस्व कार्यालय इटहरीलाई बुझाएको हो ।

३४ लाख बराबरको सामान र ट्रयाक्टरको रु ४ लाख मूल्यांकन गरी जम्मा ३८ लाख मुल्य बराबरको सामाग्री बिओपी रानीले राजस्व बुझाएको श्रोत बाट खुल्न आएको छ । यस बिषयमा थप विवरण आउन बाँकी रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्