१३ बैशाख २०८१, बिहिबार
Tags

भन्सारको ३ नंं ढाट नखुल्दा चाईना मार्केटको व्यवसायीहरु द्वारा सीमामा धर्ना प्रदर्शन

रणभूमी बिहिबार, आश्विन १४, २०७८

बिराटनगर / असाेज १४, कोरोना भाईरस कोबिड-१९ को कारणले २०७६ चैत्र १० गते देखि नेपाल भारत बीचको सीमा नाका बन्द भएपछि सबै नेपाली नागरिकहरु जस्तै सीमावर्ती एरियामा बसोबास गर्नेहरु पनि प्रभावित भए तर जनजीवन सहज भईसकेको अवस्थामा पनि एक तर्फको यात्रु आवत जावत सहजीकरण नहुँदा अझै कस्टकर जिवन यापन गरिरहेका बिराटनगर भन्सार कार्यालय उत्तरमा पर्ने बिराटनगर १५ र १६ स्थित चाइना मार्केटका होटल पसल व्यवसायीहरु अाज भन्सारको तिन नंं गेट सिमा प्रहरी चौकी अगाडी एक घण्टा सांकेतिक विरोध गर्दै धर्ना प्रदर्शन गरेका छन् ।

कोबिडको त्रास कायमै रहेपनि सबै तिर सबैको जनजीवन सहज भई चलायमान भईसकेको छ । बिराटनगर स्थित नेपाल भारतको मुख्य नाका पनि खुला भयो तर भन्सारको ३ नं गेट अझै सुचारु नहुँदा भारतिय ग्राहकमा निर्भर चाईना मार्केटका व्यसाईहरुले पैदल यात्रु मात्र सहजीकरणको लागी धर्ना बसेका हुन् ।

नेपाली कांग्रेसको स्थानिय नेता मो. फैयाज रैन र सदिना शेख, सम्भु साह, प्रभात कुमार राय, माधव पौडेल, मनोहर साह, रामजी मण्डल, सुधीर पाण्डे, संजय चौधरी, शिवचरण साह समेत सहभागी रहेको नाका खुलाउन गरिएको एक घण्टे धर्ना कार्यक्रममा जम्मा ५६ जना पिडित पसल व्यवसायीहरुको सहभागीता रहेको थियो । धर्ना कार्यक्रममा इलाका प्रहरी कार्यालय रानी प्रमुख प्रकाश राउत र सीमा प्रहरी चौकी रानी प्रमुख डिल्ली देवकोटाले जिल्ला प्रशासन कार्यालय मोरङमा पहल गर्ने आश्वासन दिएपछि प्रदर्शन आजलाई रोकिएको हो ।

ग्राहक आउने बाटो बन्द भएर महिनौ महीना सम्म बोहनी समेत नहुने भएपछी घर, सटर भाडा लगायत सरकारलाई बुझाउनुपर्ने करको मारमा परी पीडित भएका चाईना मार्केटको व्यवसायीहरुलाई राहत पुर्याउन नेपाली कांग्रेस मोरङ्ग जिल्ला सदस्य तथा समाजसेवी राजेश गुप्ताले पनि गृहकार्य गरिरहेको पसल व्यवसायीहरु बताउँछन् ।

नाका बन्द भएको दुई वर्ष लामो अवधिमा बिच बिचमा जनजीवन केही सहज भएपनि भारतिय ग्राहकको भरमा चल्ने चाईना मार्केटको समस्या यथावत नै छ । उक्त ठाउँमा पसल व्यवसाय गर्ने धेरै जना पलायन पनि भईसकेको स्थानिय होटल संचालक मुन्ना साहले बताए ।

बाटो सुचारु नभएर प्रभावित चाईना मार्केट मा भारत बाट आउने ग्राहकमा निर्भर रहेका केही होटल, चाईनिज तथा नेपाली कपडा, चप्पल जूता पसल लगायत चाईना बाट आउने इलेक्ट्रनिक सामानहरूको पसल रहेको छ ।

चाईना मार्केट बाट सय मीटर दक्षिण तर्फ रहेका भारतको जोगबनी बजारमा हुने गरेको भिडभाड व्यापार देखेर चाईना मार्केटको व्यवसायीहरुलाई “कोई छरेर मर्ने त कोही हेरेर मर्ने” उखान जस्तै हालत भएको बताउछन् ।

यहाँ कमेन्ट गर्नुहोस्