१२ बैशाख २०८१, बुधबार
Tags

सशस्त्र प्रहरी र एसएसबीको प्रयासमा ब्राउनसुगर सहित एक पक्राउ

लागुऔषध सहित पक्राउ परेकाको साथमा भेटियो दुवै देशको नागरिकता

राजेश कुमार शर्मा शुक्रबार, आश्विन १५, २०७८

बिराटनगर / असाेज १५, नेपाल भारत सीमा क्षेत्र बाट सशस्त्र प्रहरी र एसएसबीको सँयुक्त टोलिले ब्राउन सुगर सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ ।
भारतको अररिया जिल्ला बस्मतिया बेला-८ बस्ने वर्ष ३१ को रमेश यादवलाई हिजो रातिको करिब साढे ८ बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट लौकिही र भारतीय सीमा सुरक्षा बल एसएसबीको टोलीको टोलीले पक्राउ गरी नियन्त्रणमा लिएको हो । बि अार ३८ क्यू ०३०७ नं. को मोटरसाईकलमा नेपाल तर्फ आउँदै गर्दा सीमामै लखेटी लखेटी यादवलाई पक्राउ गरेकाे हाे ।

यादव को साथ बाट १३ ग्राम १० मिलिग्राम ब्राउन सुगर, नेपाली नागरिकता, भारतीय आधार कार्ड, १० हजार ९ सय नेपाली रुपैयाँ, १ हजार ३ सय ४० भारु, कतार रियाल ४, बांग्लादेशको टाका २ रुपये र दस यूरो डॉलर फेला पारी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

यादवलाई पहिले पनि एसएसबी ५६औ वाहिनी को टोलीले हातहतियार, लागुऔषध मुद्दामा पक्राउ गरी कारवाही गरिसकेको एसएसबीले बताएकाे छ ।

यहाँ कमेन्ट गर्नुहोस्