२१ बैशाख २०८१, शुक्रबार
Tags

रानी भन्सार नाका आधिकारिक रुपमा खुला, सुविधा काटेर भारतीय गाडी नेपाल प्रवेश गर्दै

रणभूमी शनिबार, आश्विन १६, २०७८

बिराटनगर /असाेज १६, लामो समय देखि बन्द रहेको बिराटनगरको रानी भन्सार नाका पनि आज बाट पूर्ण रुपमा खुला गरिएको छ ।

असोज ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सिमाना खोल्ने निर्णय अनुसार रानी-जोगवनी नाका पनि खुला गरी कार्यन्वयवन भएको हो । नाकाबाट आवतजावत भइरहेपनि औपचारिक रुपमा नाका मन्त्रिपरिषद्को बैठकले खोल्ने निर्णय गरेपछि नाका खुला भएको हो ।

देश भरिका भारत संग जोडिएका नाकाहरु खुला भए सँगसँगै जिल्ला प्रशासन कार्यालय मोरङको पहलमा बिराटनगर भन्सार कार्यालय प्रमूख, सशस्त्र प्रहरी सँग समन्वय गरी रानी नाका पनि खुला गरिएको हो ।

आज देखि भारत बाट आउने दुई पाङ्ग्रे चार पाङ्ग्रे भारतिय नम्बरको सवारी साधन विरटनगर बजार सम्म सुविधा रसीद लिएर जान पाउने भएका छन् भने बिराटनगर बाहिर जानको निम्ती प्रज्ञापन पत्र भरेर राजस्व तिरेर रसीद लिई नेपाल प्रवेश पाउने भएका छन् ।

नाका खुला भएपनि भारत बाट आउने व्यक्तिहरूले आवश्यक सुरक्षा मापदण्ड अनिवार्य पूरा गर्नुपर्ने भनी मोरङ्ग जिल्ला प्रमुख काशी राज दाहालले बताएका छन ।

यहाँ कमेन्ट गर्नुहोस्