१२ बैशाख २०८१, बुधबार
Tags

भारतिय पर्यटकको चाप बढेपछि रानी नाकामा प्रहरीको मास्क सहितको सचेतना कार्यक्रम

रणभूमी शनिबार, आश्विन १६, २०७८

बिराटनगर / असाेज १६, ईलाका प्रहरी कार्यालय रानीले बिराटनगर भन्सार कार्यालयको रानी नाका मा मास्क सहितको सचेतना कार्यक्रम गरेका छन् ।

नेपाल भारत सीमा रानी-जोगवनी नाकामा भारतिय पर्यटकहरू सावारी साधन लिएर नेपाल आउँदा भन्सार सुविधा काटेर आधिकारिक रूपमै भित्रिने भएपछी बढ्दो मानिसको चाप र महामारीलाई मध्यनजर गर्दै इलाका प्रहरी कर्यालय रानी र मातहतका प्रहरी चौकीहरुले मास्क सहितको सचेतना कार्यक्रम गरेका हुन् ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय रानी प्रमुख प्रकाश राउतको नेतृत्वमा गरिएको कायक्रममा, सीमा प्रहरी चौकी रानी, ईलाका प्रहरी कार्यालय बुधनगर, अस्थाई प्रहरी पोस्ट मटियारुवा र अस्थाई प्रहरी पोस्ट रेलवेको टोली सहभागि भएर सचेतना कार्यक्रम गरेका छन् ।

कार्यक्रको मूल उद्येश्य अहिले पनि कोरोना महामारी बाट बच्न र बचाउन अनिवार्य मास्क, सामाजीक दूरी लगायत अपनाउनुपर्ने उपायहरूलाई स्मरण गराउने रहेको प्र.नि राउतले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्