०७ बैशाख २०८१, शुक्रबार
Tags

सामुदायिक सेवा केन्द्र रानीमा शुभकामना आदान प्रदान कार्यक्रम

रणभूमी सोमबार, आश्विन १८, २०७८

सामुदयिक प्रहरी सेवा केन्द्र रानीले किशोर सुब्बा को अध्यक्षतामा बिराटनगर-१६ मा दशै तिहार शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन् ।

कोबिड्-१९ बाट हुने महामारी नसकिसकेको अवस्थामा सामुदयिक प्रहरी सेवा केन्द्र रानीले चाडपर्वहरुलाई लक्षित गरेर यस वर्ष समुदायलाई कसरी सुरक्षीत राखेर चाडपर्व मनाउने विषयमा जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक घनश्याम जिसीको प्रमुख आतिथ्यमा छलफल सहितको दशै तिहार शुभकामना आदानप्रदान कार्यक्रम गरेका हुन ।

कार्यक्रममा अतिथिको रुपमा बिराटनगर-१६ का वडा अध्यक्ष मनोज सुब्बा, बिराटनगर-१५ का वडा अध्यक्ष असलम आलम, सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रानी प्रमुख मौसम पोखरेल, इलाका प्रहरी कार्यालय रानी प्रमुख प्रकाश राउत, सीमा प्रहरी चौकी रानी प्रमुख दिल्ली देवकोटा, सामुदायिक सेवा केन्द्र तिनपैनिको अध्यक्ष मिना जोशी, सामुदायिक सेवा केन्द्र कञ्चनबारीको अध्यक्ष जगत प्रसाद दहाल, समाजवादी पार्टी महिला संयोजक सदिना खातुन, जोगबनी नगर पञ्चायतको पूर्व मेयर नरेश प्रसाद, दुर्गा मन्दिर व्यव्थापन समिति ट्रस्टका अध्यक्ष गोपाल प्रसाद साह, नेपाली काँग्रेस वडा नं १६ का सभापति उद्धव भुजेल, वडा नं १५ का सभापति प्रकाश साह, माइती नेपाल रानी प्रमुख बिनोद पोखरेल, अाफन्त नेपाल रानी प्रमुख सुनिता सापकोटा र क्यान सेन्टर रानी का इन्चार्ज जय देवकोटा लगायतका व्यक्तित्वहरु सहभागि भएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्