१४ बैशाख २०८१, शुक्रबार
Tags

विराटनगरको वरिष्ठ समाजसेवी तथा अभियान्ता गणेश साह जसपामा पार्टी प्रवेश

रणभूमी शुक्रबार, आश्विन २२, २०७८

बिराटनगर / विराटनगरको चर्चित युवा समाजसेवी तथा अभियान्ता गणेश साहले जनता समाजवादी पार्टी नेपालमा आज पार्टी प्रवेश गरेको छ ।

जसपाको मोरङ्ग जिल्ला समन्वय समितिले बिराटनगर १४ स्थित पार्टी कार्यालयमा आयोजना गरेकाे एक कार्यक्रममा पार्टी प्रवेश गरेको हो ।

गणेश कुमार साह, सोनु चौधरी, निता नेपली, दिल बहादुर नेपाली र शंकर साह गरी जसपा नेपालमा ५ जनाले आज पार्टी प्रवेश गरेको हो ।

जसपा नेपालका कार्यकारिणी सदस्य युवराज कार्कीको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा राकेश रोषण यादव, वसिम अन्सारी, विक्रमादित्य चौधरी, विक्रम कामत, कमल गुरुङ्ग, सुरज नारायण यादव, केशरमान राई, दशरथ रुमदली, खड्ग राई र प्रकाश मण्डललाई जिल्ला कार्यसमितिमा मनोनित गरिएको छ ।

त्यसैगरी उक्त कार्यक्रममा पार्टीको जिल्ला अध्यक्ष राजकुमार यादव, केन्द्रिय सदस्य भुराज राई, नगर सचिव रामचन्द्र यादव, पूर्व सांसद जोगिलाल यादव, संघीय परिषद सदस्य अमृत महतो, महानगरिय कावा अध्यक्ष माे. नारुल, समाजवादी ट्रेड युनियनको प्रदेश सचिव तथा पार्टीको नगर सदस्य विकास कुमार मण्डल समेतको उपस्थिती रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्