१५ चैत्र २०८०, बिहिबार
Tags

रानी थाना अगाडिकै होटल बाट लागुऔषध बरामद, होटल सञ्चालक इप्रकाको नियन्त्रणमा

रणभूमी आइतबार, आश्विन २४, २०७८

बिराटनगर / असोज २४, बिराटनगर महानगरपालिका १५ स्थित इलाका प्रहरी कार्यालय रानी अगाडी रहेको सायरा होटल बाट प्रतिवन्धित लागुऔषध सहित प्रहरीले लागूऔषध सहित होटल सञ्चालकलाई पक्राउ गरेकाे । होटल संचालक जहदा गाऊपालिका ७ घर भएका २८ बर्षीय रमेश साह लागूऔषध कारोबारको अभियोगमा पक्राउ परेका हुन् ।

हिजो दिउसो ११ बजे सो होटलमा लागूऔषध कारोबार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली खटि गई चेकजाँच गरेको थियो । चेकजाँच गर्दा सो होटलबाट लागूऔषध डाईलेक्स डिसी १५ बोतल, नाईट्राभेट ४२ चक्की, स्पासमो प्रोक्सिभन २४ चक्की,
स्पास- ट्रेनकोन प्लस ३४ चक्की र गाँजा २४० ग्राम बरामद गरिएको हो ।

लागूऔषध बरामद भए पश्चात उक्त होटलका संचालक साहलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्