१३ बैशाख २०८१, बिहिबार
Tags

बिराटनगर डुबानमा घर घर मा ५/६ फिट पानी (फोटो फिचर) सहित

पवन शाह बुधबार, कार्तिक ०३, २०७८

बिराटनगर / कार्तिक ३, हिजोदेखि भएको निरन्तर वर्षाको कारण बिराटनगर महानगर पालिकाको १६ नम्बर वडा डुबानमा परेको छ ।

निरन्तर भएको वर्षाको कारणले १६ नं. वडाको दरैया, मुसहरी, दक्षिण गेट लगायतका ठाउँहरु बढी डुबानमा परेर लाखौंको धनमाल समेत क्षती भएको छ । दरैयामा रहेको चार सय बढी घरहरु डुबानमा परेका हुन् । पानी बढ्दै गएको सुचना पाएपछी हिजो रातिको १२ बजेदेखि इलाका प्रहरी कार्यालय रानीको टोली सबैको घर घर पुगी सचेत रहन सावधान गरेका थिए । सोही क्रममा पानी एकाएक बढ्दै गएपछि प्रहरी टोलिले विहानको ३ बजेदेखि नै बस्तीमा बाढी प्रवेश गरेपछि बाढीमा फसेकाहरुको उद्धार कार्यमा जुटेका थिए ।

बेमौसमी वर्षाका कारण आएको बाढी बाट जोगिन पूर्व तयारी कसैको नरहेको हुनाले पनि केही बढी समस्या हरु आएको हो । बाढीका कारण फसेका व्यक्तिहरूलाई उद्दार को निम्ती सशस्त्र प्रहरी बल नेपाल नंं ३ गण टंकी बाट पनि थप उद्धार टिम पुगेर बाढीमा फसेका हरुलाई सुरक्षित स्थान सम्म पुर्याएका थिए ।

इलाका प्रहरी कार्यालय रानी र सशस्त्र प्रहरी बल को सहयोगमा कच्ची घरमा फसेका व्यक्ति, बालबालिका, बृद्धबद्धाहरुलाई नजिकै रहेको पक्काको घरहरु छतमा राखेर सुरक्षीत बनाए ।

बाढी बाट प्रभावित भई सडकमा बसेकाहरुलाई स्थानिय समाजसेवी तथा नेपाली कांग्रेसको जिल्ला सदस्य राजेश गुप्ताले आफ्नो सहयोगीहरुलाई साथमा लिई जिल्ला प्रशासन कार्यालय र प्रहरीहरुसँग समन्वय गरी दुर्गा मन्दिर मिल्स मावि तथा खाली सतरहरुमा बस्ने व्यवस्था मिलाई खाना पिनाको प्रबन्ध गरेका थिए ।

अहिले बस्तीमा घरको छत माथि बसेका पीडितहरुलाई खाने पानीको बढी समस्या रहेको छ । बिराटनगर १६ का वडा अध्यक्ष मनोज सुब्बा र राजेश गुप्ताको पहालमै विभिन्न स्वयंसेवकहरु मार्फत प्रहरी र सशस्त्र प्रहरीकाे सहयाेगमा राहत वितरण कार्य गरिरहेका छन् ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोस् ।

यहाँ कमेन्ट गर्नुहोस्