०७ बैशाख २०८१, शुक्रबार
Tags

रानी भन्सारको ३ नं. ढाट खोल्न मांग राख्दै मुख्य नाकामा सिटी ट्याम्पु तेर्साएर प्रदर्शन

रणभूमी बुधबार, कार्तिक ०३, २०७८

बिराटनगर / बिराटनगर भन्सार कार्यालयको ३ नं. गेट नखुलेपछि स्थानिय व्यापारीहरु लगायत सिटी, ट्याम्पु चालकहरुले आज भन्सार कार्यालयको मुख्य प्रवेश द्वारमा सिटी ट्यामुप तेर्साउँदै विरोध जनाएका छन् ।

मन्त्री परिषदको निर्णयले अन्तराष्ट्रिय नाकाहरु खुला गरेपनि बिराटनगर भन्सार कार्यालयको ३ नं. गेट नखुल्दा प्रत्यक्ष प्रभाव परेका चाईना मार्केटको व्यापारी तथा सिटी ट्याम्पु चालकहरु व्यापार नचलेर पीडित भई विरोधमा उत्रेका हुन ।

यस अगाडी पनि उक्त ढाट खुलाउन स्थानिय समाजसेवी तथा नेपाली कांग्रेस मोरङ्ग जिल्ला सदस्य राजेश गुप्ताको अगुवाईमा सीमा प्रहरी चौकी रानी अगाडी ३ दिन धर्ना बसिसकेका छन् ।

फाईल फोटो

फाईल फोटो

भन्सार कार्यालयको मुख्य ढाट १ नम्बर गेटमा आज दिउँसो ३ बजेको समयमा सिटी ट्याम्पु तेर्साउँदा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रानी प्रमुख मौसम पोखरेलले सबैलाई सम्झाई बुझाई गरी नाका सुचारु गराएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्