२७ कार्तिक २०८३, बिहिबार
Tags

शंकास्पद बिलबिजकसहित १३ हजार किलोभन्दा बढी जिंक एश लोड गरिएको ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

रणभूमी सम्वाददाता बिहिबार, कार्तिक २७, २०८३

विराटनगर / मोरङको उर्लाबारीबाट शंकास्पद बिलबिजकसहित १३ हजार ९० किलो जिंक एश (Zinc Ash) लोड गरिएको ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

मोरङको उर्लाबारी नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वार्टर मोरङबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा ना.६ ख १३४८ नम्बरको ट्रक चेकजाँच गरेको थियो। उर्लाबारीस्थित चिनियाँ कम्पनी COVEC-CREGC-TUNDI JV बाट जिंक एश लोड गरी सर्लाहीतर्फ जाँदै गरेको उक्त ट्रकको बिलबिजक परीक्षण गर्दा सामानको मूल्याङ्कनमा करिब १४ लाख रुपैयाँ बराबरको फरक देखिएको थियो।

त्यसैगरी, बिलमा उल्लेखित ढुवानीकर्ता र क्रेताको विवरणसमेत फरक–फरक पाइएपछि सम्भावित राजस्व छलीको आशंकामा ट्रक नियन्त्रणमा लिई सशस्त्र प्रहरीको नं. ३ गण मोरङमा राखिएको छ। घटनाबारे आवश्यक अनुसन्धान तथा थप कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय दमकमा पत्राचार गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्