१३ बैशाख २०८१, बिहिबार
Tags

कृष्णनगर नगरपालिकामा हातिपाइले रोग बिरुद्दको औषधि खुवाईने

Ranbhumi बिहिबार, चैत्र १२, २०७७

कपिलबस्तु / कपिलबस्तुको कृष्णनगर नगरपालिकामा आगामि चैत्र २० गते देखि हातिपाइले रोग बिरुद्दको औषधि खुवाईने अभियान चलाईने भएको छ । गतबर्ष झैं यस वर्ष पनि स्वास्थ्यकर्मिहरुले पालिकाका प्रत्येक घर घरमा गई १३ औं चरणमा औषधि खुवाउने कार्यक्रम तय भएको छ ।

कृष्णनगर नगरपालिका स्वास्थ्य शाखा को आयोजनामा मंगलवार स्वास्थ्य चौकी चैपुरवाको हलमा आयोजित राष्ट्रिय हात्तिपाईले रोग निवारण संबन्धि बहुनिकाय अन्र्तक्रिया कार्यक्रममा उक्त जानकारी गराईएको हो । कार्यक्रममा , नगरपालिका कर्मचारी, विभिन्न वडाका वडाअध्यक्ष , संचारकर्मि तथा स्वास्थ्यकर्मिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुलाई सि. अ.हे.वा. विष्णु पौडेलले हात्तिपाईले रोगको संक्रमण र यसबाट बच्ने उपायको बारे जानकारी गराउनुभएको थियो ।

अन्तरकृया कार्याक्रममा कृष्णनगर नगरपालिका स्वास्थ्य शाखाको प्रमुख शंकर भट्टराई ले सरूवा रोग भएकाले सचेत रहन आग्रह गर्दै,कयुलेक्स जातको पोथी संक्रमित लामखुट्टेले मानिसलाई टोके पछि यो रोग लाग्ने भन्दै यहि चैत्र २० गते हाती पाइले रोगको खोप खुवाइदैछ, यो मितिमा सबैले खान लाई आग्रह गर्नुभएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्