१२ बैशाख २०८१, बुधबार
Tags

राष्ट्रिय जनगणना २०७८ मा नेपाल अमात समाजको अनुराेध

रणभूमी शुक्रबार, कार्तिक ०५, २०७८

बिराटनगर / राष्ट्रिय जनगणना २०७८ कार्तिक २५ गते देखि मंसिर ९ गते सम्म हुनेभएकोले देश विदेशमा रहेका अमात सवजातियहरुलाई सहभागि हुन नेपाल अमात समाजले अनुरोध गरेको छ ।

राष्ट्रिय जनगणना २०६८ मा अमात जातिको कुल जनसंख्या ३८३० देखाइएको थियो। यो जबकि नेपालको १२७ जाति मध्ये टप २५ मा अमात जाति पनि पर्ने निश्चित नै छ तर धेरैले विभिन्न थर को प्रयोग लाई जाती मा रूपान्तर गरेको कारण ले गर्दा अमात जातिको वास्तविक तथ्यांक उपलब्ध हुन सकेको छैन र यो जनगणना २०७८ अमात सवजातियहरु को लागि । अवसरको रुपमा लिएर सम्पूर्ण अमात जातजातिलाई अनिवार्य अमात जातिय कोलममा सहभागिता गराउनुपर्ने र नामको जातजातिमा “अमात” र जातीय कोड नं. ९९ लेखाउनको लागि नेपाल अमात युवा समाज कल्याण समिति जिल्ला मोरङ्ग को कोषाध्यक्ष श्रीमती किरण राय अमातले सम्पुर्ण अमात सवजातियहरु मा अनुरोध गरेकी छिन् । जस्मा सोधिने प्रश्नमा तपाईको जात/जाती के हो भनी लेखिएको ठाउँमा “अमात” र कोड नंं. ९९ लेख्नुपर्ने हुन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्