१४ बैशाख २०८१, शुक्रबार
Tags

बाढीपीडित १२३० परिवारलाई लगातार ५ दिन देखि खाना खुवाएर सेवा गर्दै अक्षय

रणभूमी आइतबार, कार्तिक ०७, २०७८

बिराटनगर / वेमौसमी बाढीको कारण घर डुबानमा परेर पिडित भएका परिवारहरुलाई विराट समाजको तर्फ बाट लगातार पाँच दिन देखी खाना वितरण गर्दै आइरहेको छ ।

नेपाली कांग्रेस केन्द्रिय सदस्य शेखर कोइराला र नेपाली कांग्रेस प्रेदेश एक प्रमुख सचेतक केदार कार्की संरक्षक रहेको विराट समाजले बिराटनगरमा वेमौसममा परेको पानी बस्तीमा पसेर बस्ती डुबानमा परी प्रभावित भएका परिवारहरुलाई निरन्तर खाना खुवाउँदै आईरहेका छन । लगातारको वर्षा सँगसँगै अचानक केसलिया खोलामा पानि बढेर बस्ती पसेको थियो ।

बाढी बस्ती पसेपछी डुबान भएका बिराटनगर ६ को करीब १२ सय तीस जनालाई समाजले लगातार पांच दिन देखि विहान र बेलुकीको गरेर दुई छाक खाना खुवाउँदै आईरहेका विराट समाज का अध्यक्ष अक्षय सहनीले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्