१६ चैत्र २०८०, शुक्रबार
Tags

कटहरी १ मा बाढीपीडितहरु आन्दोलित, सडक जाम गरेर जनप्रतिनिधिको विरोध

रणभूमी सोमबार, कार्तिक ०८, २०७८

बिराटनगर / वेमौसमी बाढीको कारण घरहरु समेत डुबानमा परी पिडित भएका परिवारहरुलाई राहत स्वरुप कतै बाट केही सहयोग नपाएपछि मोरङ्ग को कटहरी गाँउपालिका १ मा पर्ने सिंहिया खाेला नजिक रहेको जम्टोकी टोलका स्थानीयहरु सडक जाम गरेर आन्दोलमा उत्रेका छन् ।

बेमौसममा कार्तिक २ अचानक रातिको समयमा आएको बाढी बाट विराटनगरका अधिकांस ठाउँहरु डुबानमा परेका थिए । बाढी रातिको समयमा आएको हुनाले पीडित हुनेहरू सबै आफ्नो ज्यान जोगाउन तर्फ लागे । त्यही बाढी बाट पीडित भई सडकमा बस्न बाध्य भाएका कटहरी गाउँ पालिका १ नम्बर वडाका स्थानीयहरु सोमवार विहान देखि सिंहीया खोलाको पुलमा जाम गरेर आन्दोलनमा उत्रेका थिए । बाढीपीडतहरुको माग यति मात्र थियो विपतका बेला स्थानिय जनप्रतिनिधि पनि हेर्न आएन की के कस्तो अबस्थामा बसेका छन् वडा बासी । बाढीपीडतहरु सडकमै बसेपनि नत कसैलाई कही कतै बाट एक मुट्ठी भुजा को आस रहयो नत ओछ्याउन प्लास्टिकको बोराको नै । यहाँ सम्म की गाउँ पालिका अध्यक्ष, वडा अध्यक्ष कसैले केही चासो देखाएन न त कुनै पीडितलाई भेट्न नै आयो । यही सबै विविध कारणहरुले गर्दा सडकमा जाम गरेर विरोधमा उत्रेको स्थानीयहरुले बताए । सडकमा उत्रिने सबै पीडितहरुको भनाई एउटै रहेको थियो ।

कटहरी गाउँपालिक १ को वडा अध्यक्ष कप्पुलाल माझीलाई भेटेर बाढी पिडितहरुको बिषयमा सोध्दा “यो बेमौसमी बाढी आएको हो, एक नं. वडामा जम्मा ६ वटा टोल डुबानमा परेको छ त्यही भएर पनि हामी अहोरात्र खटिरहेको छु । तथ्याङ्क संकलन गर्न मान्छे पनि खटाए, दुर्भाग्यवस यो ठाउँमा कोही पुगेन ।” वडा अध्यक्ष माझीले बताउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्