१५ बैशाख २०८१, शनिबार
Tags

नेपाल घुम्न आएकी तीन बिदेशी युवतीहरु भरतमा पक्राउ

राजेश कुमार शर्मा बिहिबार, कार्तिक ११, २०७८

बिराटनगर / नेपाल घुम्न आएकी तिन जना बिदेशी युवती भारतमा पक्राउ परेकी छिन् । उज्बेकिस्तान बाट टुरिस्ट भिषामा घुम्न भनी नेपाल आएकी तिनजना युवतीहरु सुनसरीको बाटो भएर दिल्ली जाने क्रममा भारतिय सिमा सुरक्षा बाल एसएसबीको टोलीले पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

दुई स्थानिय युवालाई साथमा लिएर नेपाल भारत सीमावर्ती एरिया बाट नौ सय भारू रुपैयाँमा एक ट्याम्पु रिजर्भ गरेर भारत गईरहेको युवतीहरुलाई सुरक्षा बाल एसएसबीको ५६ औ बटालियन पथरदेवा बीओपी को एसएसबी जवानले चकोरवा भन्ने ठाँउ बाट गाडी चेक जाँच को क्रममा पक्राउ गरेकाे हाे ।

दुई जना युवा भारत नरपतगंज बसमतिया बस्ने वर्ष २४ को मो. इस्माइल र अर्को १९ वर्षिय सरोज कुमार साह को सहयाेगमा ति युवतीहरु सुनसरी जिल्लाको देवानगंज साहेबगंजको बाटो भएर भारत प्रवेश गरेको एसएसबीको प्रारम्भिक अनुसन्धनबाट खुलेको छ । भारतका पक्राउ पारेकी युवतीहरुमा उज्बेकिस्तान को काश्काडारिया बस्ने वर्ष २० की राजाबाभा इनोवेट, वर्ष २२ की राजाबाभा स्मीगुल र वर्ष १८ की युसूपाभा डायना रहेकी छिन् ।

पक्राउ परेका दुई भारतिय युवक सहित युवतीहरुलाई इमीग्रेशन र जांच एजेंसिहरुले थप अनुसन्धान गरिरहेको एसएसबीले बताएकाे छ ।

यहाँ कमेन्ट गर्नुहोस्