१५ चैत्र २०८०, बिहिबार
Tags

जोगवनीमा पकेटमारहरुको बिगबिगी

रणभूमी शनिबार, कार्तिक १३, २०७८

बिराटनगर / नेपाल बाट किनमेलको लागि जोगबनी पुग्ने नेपालीहरूको पर्स, ब्याग, पैसा र मोबाईल सेटहरु चोरी हुने क्रम अत्याधिक बढेको छ ।

अहीले तिहारको बेला जोगबनीमा किनमेलको लागि पुग्ने नेपालीहरूको भीडभाड धेरै भएको हुनाले त्यस्तो भिडभाडको फायदा उठाउदै चोर पकेटमारहरु सक्रियता साथ चोरी गर्नेगरेका छन् । चोरी पकेटमारी गर्नेहरूमा प्राय बालबालिकाहरु सक्रिय रहेको श्रोतले बताए ।

चोरी पेसामा लागेकाहरुले प्राय महिलाहरुलाई लक्षित गरी चोरी गर्नेगरेका घटनाहरू दैनिक दर्जनौंको हाराहारीमा अगाडी आउनेगरेका छन् । किनमेलको लागि जादा आफ्नो रुपैयाँ पैसा मोबाईल गुमाएपछि कोहीले नेपाली सुरक्षाकर्मीलाई जानकारी गराउँछन् कतिले गराउँदैनन् । कति पीडित भएकाहरु कित गाडी चढ्ने बेलामा आफ्नो सरसामान रूपैयाँ पैसा चोरी भएको थाहा पाउँछन् कति त घर पुगेर । हुनत मानिसहरूको आफ्नै लापरवाहीले पनि चोरी पाकेटमारी हुन्छ तर पीडित भईसकेपछि भने विच्चली हुनेगरेको छ ।

भारतमा चोरी भएको हुनाले नेपाल प्रहरीले गुनासो सुन्नु देखि बाहेक कुनै ठूलो सहयोग गर्न नसक्नेगरेको हुन सक्छ ।

यहाँ कमेन्ट गर्नुहोस्